२०८१ वैशाख ३ गते | 16th of April 2024

अफ्रिका कप : क्यामरुन क्वाटरफाइनलमा

अफ्रिका कप : क्यामरुन क्वाटरफाइनलमा
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते ७:०७

आयोजक क्यामरुन अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा कोमोरोसलाई २–१ गोल अन्तरले हराउँदै क्यामरुन अन्तिम आठमा पुगेको हो ।
क्यामरुनलाई जित दिलाउन कार्ल टोको एकाम्बी र भिसेन्ट अबुबाकरले एक एक गोल गरे । कोमोरोसका युसुफले एक गोल फर्काए ।
यस्तै जिमी अब्दोउले रातो कार्ड पाएपछि कोमोरोस १० खेलाडीमा समेटिएको थियो । अब क्यामरुनले क्वाटरफाइनलमा गाम्बियासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *