२०८१ जेठ ५ गते | 18th of May 2024

इन्स्टाग्राममा जस्तै ट्विटरमा पनि ‘क्लोज फ्रेन्ड्स’ फिचर सार्वजनिक हुँदै

इन्स्टाग्राममा जस्तै ट्विटरमा पनि ‘क्लोज फ्रेन्ड्स’ फिचर सार्वजनिक हुँदै
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते ७:३६

ट्विटरले नयाँ फिचर सार्वजनिक गर्ने भएको छ । अ‍ेमेरिकी प्रविधि वेबसाइट द भर्जका अनुसार ट्विटर यतिबेला ‘ट्विटर फ्लक’ भन्ने फिचर सार्वजनिक गर्ने तयारीमा छ ।
यो फिचरको मद्दतमा कुनै पनि प्रयोगकर्ताले आफ्नो ट्विट अन्य सिमित प्रयोगकर्ताहरूले मात्रै देख्न मिल्ने बनाउन मिल्छ ।
झट्ट सुन्दा यो इन्स्टाग्रामको ‘क्लोज फ्रेन्ड्स’ फिचर जस्तै सुनिन्छ । तर कम्पनीका अनुसार इन्स्टाग्रामको क्लोज फ्रेन्ड्सको तुलनामा ट्विटरको क्लोज फ्लक केही भिन्न छ ।
ट्विटरले गत जुलाईमा मात्रै यही फिचरबारे केही झलक र विशेषता सार्वजनिक गरेको थियो । त्यसबेला कम्पनीले ‘ट्रस्टेड फ्रेन्ड्स’ अर्थात् विश्वसनीय साथीहरू भन्ने विशेषता सार्वजनिक गरेको थियो । यसपछि देखि भने कम्पनीले क्लोज फ्लक फिचरबारे परिक्षण गर्दैछ । फ्लकको अर्थ सामान्य भाषामा ग्रुप अथवा समूह भनेर बुझ्न सकिन्छ ।
द भर्जका अनुसार एक मोबाइल डेभलपर अल्सेनाड्रो पालुजीले ट्विटरको यो नयाँ फिचरबारे ट्र्याक गर्दैछ । उनको अध्ययनअनुसार ट्विटरले तपाईंको ट्विट अन्य १५० जना प्रयोगकर्तामाझ मात्रै सिमित राख्न सकिने फिचर सार्वजनिक गर्न लागेको हो ।
तपाईंले सुरूमा छनौट गर्नुभएको ट्विटर प्रयोगकर्तामध्ये कसैलाई क्लोज फ्लकबाट हटाउन चाहे त्यो पनि सम्भावन हुने द भर्समा उल्लेख गरिएको छ । तपाईंले कुनै प्रयोगकर्तालाई आफ्नो क्लोज फ्लकबाट हटाउनु भयो भने, त्यसको नोटिफिकेसन जाँदैन । अथवा अन्य प्रयोगकर्ताले चाल पनि पाउँदैन ।

यदी तपाईं कसैको ट्विटरको फ्लकमा हुनुहुन्छ भने तपाईंले ती प्रयोगकर्ताको ट्विट देख्दा भने सन्देश पाउँनुहुन्छ । यसले तपाईंको क्लोज फ्लकको सूची र अन्य फलोअर्सबीचको भिन्नता सजिलै छुट्याउँछ ।
ट्विटरले यो फिचर कहिलेदेखि आम प्रयोगकर्तामाझ सार्वजनिक गर्दैछ भन्नेबारे कम्पनीले बताएको छैन । तर ट्विटरका प्रवक्ता टाटियाना ब्रिटले द भर्सलाई भने अनुसार ट्विटर आफ्नो प्रयोगकर्ताहरूको लागि सधै नयाँ र पृथक फिचरहरू सार्वजनिक गर्ने कार्यमा सक्रिय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *