२०८१ वैशाख २ गते | 14th of April 2024

भारतमा लगातार घट्दै कोरोना संक्रमण

भारतमा लगातार घट्दै कोरोना संक्रमण
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते ७:४५

भारतमा लगातार पाँचौ दिन कोरोना संक्रमण घटेको छ । पछिल्लो २४ घन्टामा २ लाख ५५ हजार ८ सय ७४ कोरोनाका नयाँ संक्रमित फेला परेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि लगातार ५ दिनसम्म तीन लाख भन्दा बढी संक्रमित भेटिएका थिए । सोमबार ३ लाख ६ हजार ६४ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
यो सँगै भारतमा दैनिक संक्रमणदर १५.५ प्रतिशतमा झरेको छ । यसअघि सोमवारको दैनिक संक्रमण दर २०.७५ प्रतिशत थियो ।
संक्रमित घटेसँगै निको हुनेको संख्या बढेको छ । पछिल्लो २४ घन्टामा भारतमा २ लाख ६७ हजार ७ सय ५३ जना निको भएका छन् । यो सँगै भारतमा सक्रिय संक्रमितको संख्या २२ लाख ३६ हजार ८ सय ४२ पुगेको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ६१४ जनाको मृत्यु भएको छ । राजधानी दिल्लीमा कोरोना पोजेटिभ दर ११.७९ प्रतिशतमा झरेको छ । पछिल्लो २४ घन्टामा यहाँमा ५७६० नयाँ संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *