२०८१ वैशाख २ गते | 14th of April 2024

बलात्कारको आरोपमा युवक पक्राउ

बलात्कारको आरोपमा युवक पक्राउ
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते ७:५३

किशोरी बलात्कारको आरोपमा प्रहरीले पाल्पामा एकजनालाई पक्राउ गरेको छ । १७ वर्षीया किशोरी बलात्कारको आरोपमा बर्दियाको मधुवन नगरपालिका–३ घर भई पाल्पाको तानसेन नगरपालिका–६ बस्ने २१ वर्षका सागर चौधरीलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *