२०८१ जेठ ५ गते | 18th of May 2024

नाडाल अष्ट्रेलियन ओपनको सेमिफाइनलमा

नाडाल अष्ट्रेलियन ओपनको सेमिफाइनलमा
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते ८:०७

पूर्व च्याम्पियन रफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन । क्वाटरफाइनलको खेलमा उनले क्यानेडियन खेलाडी डेनीस सापोभालोभलाई तीन दुईको सेटमा हराउँदै अन्तिम चारमा पुगे ।
मेलबर्नमा भएको खेलमा नाडालले डेनीसलाई ६–३, ६–४, ४–६, ३–६ र ६–३ को सेटमा हराए । नाडालले पहिलो सेट छ तीनले जिते भने दोस्रो सेट छ चारले आफ्नो पक्षमा पारे । तर त्यसपछि लगातार दुई सेट गुमाउन पुगे ।
तेस्रो सेटमा डेनीस छ चारले विजयी हुँदा चौथो सेट छ तीनले आफ्नो पक्षमा पारे । तर अन्तिम सेटमा छ तीनको जित निकाल्दै उनले सेमिफाइनलमा स्थान बनाए ।
पुरै खेलमा नाडालले १० एस सट प्रहार गरेका थिए भने डेनीसले २० वटा एस सट हिर्काएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *