२०८१ साउन ८ गते | 23rd of July 2024

कान्तिपुरले नेपाल र मोरिससको खेल प्रत्यक्ष प्रशारण गर्ने

कान्तिपुरले नेपाल र मोरिससको खेल प्रत्यक्ष प्रशारण गर्ने
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते ८:४२

आसन्न नेपाल र मोरिससको खेल कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । जनवरी २९ र फेब्रेवरी एक तारिखमा हुने दुई वटा मैत्रीपुर्ण खेलको प्रत्यक्ष प्रशारण अधिकार कान्तिपुरले पाएको छ ।
कान्तिपुर र अखिल नेपाल फुटबल संघ एन्फाविच आधिकारीक रुपमा सहमती भएको बताइएको छ । हाल ए डिभिजन लिगको समेत प्रत्यक्ष प्रशारण गरिरहेको कान्तिपुरलाई नै एन्फाले मैत्रीपुर्ण खेलको अधिकार दिएको छ ।
नेपालसँगको खेलका लागि मोरिससको टिम सोमबार काठमाडौं आइपुगेको छ । २३ खेलाडी र १० अफिसियलसहितको टिमका केहि मुख्य खेलाडी भने नेपाल आउन पाएनन् ।
यो मैत्रीपुर्ण खेलका लागि नेपाली टिमले बन्द प्रशिक्षण गरिरहेको छ । केहि दिनमा नै नेपाली टिमले पनि अन्तिम नामावली सार्वजनिक गर्ने बताइएको छ ।
फिफा विन्डोको बेला नेपालले पहिलो पटक अफ्रिकी देश मोरिसससँग दुई वटा मैत्रीपुर्ण खेल खेल्न लागेको हो । यो खेलका लागि नेपाली टिममा केहि नयाँ अनुहार देखिने संभावना पनि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights