२०८१ असार ३१ गते | 15th of July 2024

तीन देशमा एकैचोटी गयो बिजुली

तीन देशमा एकैचोटी गयो बिजुली
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते ८:४७

मंगलबार तीन वटा मध्य एसियाली मुलुकहरूमा एकैचोटी बिजुली गएको छ । समाचार संस्था रोयटर्सका अनुसार उज्बेकस्तान, कजाखस्तान र किर्गिजस्तानका विभिन्न सहरमा मंगलबार बिजुली अवरूद्ध भएको हो ।
पूर्वसोभियत युनियनका सदस्य यी तीन मुलुकको विद्युत प्रणाली आपसमा जोडिएको छ । कजाखस्तान हुँदै बिजुलीको लाइन रूससँग मिसिएको छ । आफ्नो देशको बिजुलीले नपुगेका बेला यी मुलुकले रूसबाट बिजुली ल्याउने गरेका छन् ।
मंगलबार उत्तरी कजाखस्तानमा लाइन अचानक असन्तुलित भएपछि विद्युत प्रसारण अवरूद्ध भएको थियो । बिजुली अवरूद्ध भएपछि किर्गिजस्तान र उज्बेकस्तानले पावर प्लान्टहरू चलाएर बिजुली आपूर्ति गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights