२०८१ वैशाख ५ गते | 17th of April 2024

बार्टी अष्ट्रेलियन ओपनको सेमिफाइनलमा

बार्टी अष्ट्रेलियन ओपनको सेमिफाइनलमा
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते १०:२१

अष्ट्रेलियाकी विश्व नम्बर एक अस्लेइग बार्टी अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । मंगलबार भएको खेलमा अमेरिकी खेलाडी जेसिका पेगुलालाई हराउँदै बार्टीले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।
२५ वर्षिया बार्टीले जेसिकामाथि ६–२ र ६–० को जित निकालिन । बार्टी दोस्रो पटक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकी हुन् । बार्टीले सेमिफाइनलमा अमेरिकी म्याडीसन कियससँग खेल्ने छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *