२०८१ असार ३१ गते | 15th of July 2024

सिताको वरीयता खस्कियो

सिताको वरीयता खस्कियो
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते १०:३०

नेपालकी उपकप्तान सिता राना मगरको आईसीसी टी–ट्वान्टी ब्याटिङ वरीयता खस्किएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा सिताको वरीयता झरेको हो ।
नयाँ वरीयतामा सिता ५२ औं स्थानमा झरेकी छिन् । अघिल्लो वरीयतामा सिता ५१ औं स्थानमा थिइन् । सिता वरीयतामा पर्ने एक्लो नेपाली महिला खेलाडी हुन् ।
ब्याटिङतर्फ भारतकी शफाली वर्मा शीर्ष स्थानमा रहेकी छिन् । अष्ट्रेलियाकी बेथ मोनी दोस्रो, अष्ट्रेलियाकी मेग लानीङ तेस्रो, भारतकी स्मृति मन्धाना चौंथो र न्युजिल्याण्डकी सोफि डिभाइन पाँचौ स्थानमा रहेकी छिन् ।
आईसीसी महिला टी–ट्वान्टी राष्ट्रको वरीयतामा नेपाल १७ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights