२०८१ जेठ ११ गते | 25th of May 2024

विद्यार्थी नेताको खातामा ३७ करोड ६४ लाख अवैध रकम फेला

विद्यार्थी नेताको खातामा ३७ करोड ६४ लाख अवैध रकम फेला
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते १०:३६

कुनै व्यवसाय नगरी करोडौंको रकम एका एक बैंकको खातामा देखेपछि कैलालीका दिनेश खड्का राजस्व अनुसन्धानको फन्दामा परेका छन् । राजधानीको पशुपति क्याम्पसमा विद्यार्थी राजनीति गर्दै आएका खड्काको विभिन्न बैंकका खातामा करिब ३७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ अवैध रकम फेला परेको छ ।
खड्का सहित चार जनाले अनलाइनमार्फत डलरको अबैध कारोबार गरी राजश्व छलि गरेको आरोपमा काठमाडांैं जिल्ला अदालतमा राजश्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ ।
कैलाली लम्किचुवा १० स्थायी ठेगाना भई हाल काठमाडौँ कालोपुल गुरुङटोल बस्ने दिनेश खड्का, उनको दिदी भगवती खड्का, बुबा नरबहादुर खड्का र साथी अनिता धिताल बिरुद्ध ३७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ विगो सहित मुद्दा दायर गरेको छ ।
मोबाइल एप्स ई स्क्रिल तथा बिनान्स जस्ता डिजिटल अवैध करेन्सीमा लगानी गर्नका लागि विदेशी बिनिमय अमेरिकी डलरको अबैध कारोबार गरेको विभागले आफ्नो अनुसन्धानबाट पुष्टी गरेको विभागले जारी गरेको विज्ञप्ति जनाएको छ ।
दिनेशले इ–स्क्रिल, बिनान्स(क्रिप्टोकरेन्सी) मार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरी ग्लोबल आइएमई बैंकबाट ९ करोड ७९ लाख ९८ हजार ५ सय ८१.७७ रुपैयाँ रहेको विभागले जनाएको छ ।
त्यस्तै, उनकी दिदी अनिता धितालको लक्ष्मी बैंकबाट ५ करोड ७७ लाख ६ हजार ८ सय २६.५१ रुपैयाँ, भगतवी खड्काको एनआईसी एशिया बैंकबाट २० करोड ४२ लाख ९४ हजार ५ सय २६ रुपैयाँ र नरबहादुर खड्काको ग्लोबल आइएमई बैंकबाट १ करोड ६४ लाख ११ हजार १ सय ६६.३५ रुपैयाँ अवैध रकम कारोबार गरेको विभागले जारी गरेको बिगोसहित मुद्दा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *