२०८१ वैशाख ५ गते | 17th of April 2024

सातामा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्बले घट्दा कर्जा लागनीमा भने वृद्धि

सातामा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्बले घट्दा कर्जा लागनीमा भने वृद्धि
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते १०:४१

एकसातामा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैंयाले घटेको छ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार माघ ७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ ।
गत पुस ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेकोमा माघ ७ गतेसम्म घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा झरेको हो ।
यसैगरी यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँ बढेको छ । योसँगै पुस ७ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। गत पुस ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ४३ अर्ब रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *