२०८१ वैशाख २ गते | 14th of April 2024

आहा रारा गोल्डकप : थ्री स्टारलाई हराउँदै आर्मी सेमिफाइनलमा

आहा रारा गोल्डकप : थ्री स्टारलाई हराउँदै आर्मी सेमिफाइनलमा
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते १०:४७

विभागीय टिम त्रिभुवन आर्मी क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।
पोखरा रंगशालामा आर्मीलाई जित दिलाउन राजिब गुरुङले निर्णायक गोल गरे । तर, आर्मीले जित निकाल्न दोस्रो हाफसम्म कुर्नु परेको थियो ।
खेलको ७० औं मिनेटमा राजिबले गोल गरेका थिए । थ्री स्टारका डिफेन्डरको गल्तिमा जर्ज प्रिन्स कार्कीको पासमा उनले गोल गरेका हुन् ।
अब सेमिफाइनलमा आर्मीले मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । थ्री स्टार भने प्रतियोगिताबाट बाहिरिएको छ । मनाङ नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *