२०८१ वैशाख २ गते | 14th of April 2024

आमा बनेसँगै ‘जी ले जरा’बाट पछि हटिन् प्रियंका

आमा बनेसँगै ‘जी ले जरा’बाट पछि हटिन्  प्रियंका
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते १०:५८

बलिउड अभिनेत्री प्रियंका चोपडा भर्खरै सेरोगेसी मार्फत आमा बनेकी छिन् । आमा बनेपछि उनले विभिन्न खाले टिप्पणीको सामना गरिरहेकी छिन् । धेरैले त उनको करिअर नै ओरालो लाग्ने बताएका छन् ।
प्रियंकाले पनि आमा बनेसँगै साइन गरेको प्रोजेक्टबाट पछि हट्न सुरु गरेकी छिन् । उनले यो क्रम फिल्म ‘जी ले जरा’बाट सुरु गरेकी छिन् ।
निर्माता फरहान अख्तर र रितेश सिधवानीले निर्माण गर्न लागेको चलचित्र ‘जी ले जरा’मा प्रियंका अनुबन्धित भएकी थिइन् । उनले फिल्मका निर्मातालाई आफ्नो ठाउँमा अर्की अभिनेत्री राख्न अनुरोध गरिसकेकी छिन् ।
सय करोड बढीको लगानीमा निर्माण हुने तयारीमा रहेको फिल्मबाट प्रियंका पछि हटेकी हुन् । यो फिल्ममा प्रियंकासँगै कटरिना कैफ र आलिया भट्टले पनि अभिनय गर्दै थिए ।
सडक यात्राको कथामा बन्न लागेको फिल्मबाट अलग्गिएर प्रियंकाले सम्पूर्ण समय आफ्नो बच्चालाई दिने निर्णय गरेको सुनाएकी छिन् । निर्माणको संघारमा रहेको फिल्मबाट प्रियंकाले हात झिकेपछि उनको ठाउँमा कसलाई राख्ने भनेर निर्माण पक्ष तनावमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *