२०८१ जेठ ५ गते | 18th of May 2024

११ दिनमै थपिए एक लाख ५४ हजार संक्रमित, १५ जिल्ला ‘रेड जोन’मा

११ दिनमै थपिए एक लाख ५४ हजार संक्रमित, १५ जिल्ला ‘रेड जोन’मा
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते ११:५३

नेपालमा कोभिड–१९ परीक्षण गरिएकामध्ये आज ४६.३४ प्रतिशत नमुनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आज २५ हजार ९०९ जनामा परीक्षण गर्दा १२ हजार ८ जनाको नतिजा पोजिटिभ आएको हो ।
माघ महिनाको ११ दिनमा मात्रै १ लाख ५४ हजार ३४७ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोभिड १९ संक्रमित हुनेको जम्मा संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या अहिले ८८ हजार ९३४ छ ।
यीमध्ये ५६ हजार ८८२ सक्रिय संक्रमित काठमाडौं उपत्यकामा रहेका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लासहित झापा, मोरङ, सुनसरी, धनुषा,चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी, रूपन्देही, बाँके र कैलाली ’रेड जोन’मा रहेका छन् ।
यी जिल्लामा ६ सयदेखि ९ हजार जनासम्म सक्रिय संक्रमित रहेका छन् । त्यस्तै १८ जिल्लामा २ सयदेखि ५ सयजनासम्म सक्रिय संक्रमित रहेका छन् भने अन्य जिल्लामा यो संख्या २ सयभन्दा कम रहेको मन्त्रालयको तथ्यांक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *