२०८१ जेठ ११ गते | 25th of May 2024

काठमाडौंका सरकारी अस्पताललाई ८८ हजार चक्की प्यारासिटामोल

काठमाडौंका सरकारी अस्पताललाई ८८ हजार चक्की प्यारासिटामोल
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते ११:५८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुमा ८८ हजार चक्की प्यारासिटामोल पाँच सय एमजी ट्याब्लेट वितरण गरेको जनाएको छ ।
मन्त्रालयले मंगलबार उपलब्ध गराएको जानकारी अनुसार वीर हस्पिटल, टिचिङ हस्पिटल महाराजगञ्जल, पाटन अस्पताल तथा शुक्रराज ट्रपिकल एण्ड इन्फेक्टियस डिजिज हस्पिटललाई १०–१० हजार चक्की प्यारासिटोमाल प्रदान गरेको जनाएको छ ।
त्यस्तै बलम्बुस्थित शसस्त्र प्रहरी अस्पताल तथा नेशनल ट्रम सेन्टरलाई छ हजार चक्की, सिभिल सर्भिस हस्पिटल, परोपकार मेटर्निटी हस्पिटल, नेपाल पुलिस हस्पिटल, भक्तपुर हस्पिटल तथा श्री विरेन्द्र आमी हस्पिटललाई पाँच–पाँच हजार चक्की प्यारासिटामोल उपलब्ध गराएको जनाएको छ ।
त्यस्तै शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलाई दुई हजार, शहिद धर्मभक्त ह्युमन अर्गान ट्रान्सप्लान्ट सेन्टर, भक्तपुर, भक्तपुर क्यान्सर हस्पिटल, भक्तपुर तथा आयुर्वेदिक हस्पिटल नरदेवीलाई दुई–दुई हजार चक्की प्यारासिटोमाल उपलब्ध गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *