२०८१ वैशाख ३ गते | 16th of April 2024

बालबालिकालाई खोप लगाउन माघ १५ गतेदेखि ५ दिन विद्यालय खुल्ने

बालबालिकालाई खोप लगाउन माघ १५ गतेदेखि ५ दिन विद्यालय खुल्ने
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते १२:२७

विद्यार्थीहरूलाई कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउन सरकारले माघ १५ गतेदेखि पाँच दिन विद्यालय खोल्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ । पालिका र स्वास्थ्य सस्थासँग समन्वय गरेर खोप लगाइने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने तयारी सरकारको छ । कोरोना सङ्क्रमण बढेपछि सरकारले विद्यालय बन्द गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *