२०८१ वैशाख २ गते | 14th of April 2024

मरिससका ४ खेलाडीमा कोरोना संक्रमण

मरिससका ४ खेलाडीमा कोरोना संक्रमण
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते १२:३२

मैत्रीपूर्ण खेल खेल्न नेपाल आएका अफ्रिकी राष्ट्र मरिससका चार खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ । मरिसस फुटबल एसोसियसनले मंगलबार चार खेलाडीको कोरोना देखिएको जनाएको छ ।
कोरोना देखिने खेलाडीमा लोइक मिशेल, वाल्टर सेन्ट मार्टिन, हान्स पाटेट र कर्लसन अगाथे रहेका छन् । मरिससको टोली सोमबार नेपाल आईपुगेका थिए ।
नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दुई खेलको मैत्रीपूर्ण जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ । मरिसस फिफा वरीयतामा १ सय ७२ औं स्थानमा रहेको छ । नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *