२०८१ जेठ ५ गते | 18th of May 2024

आहा रारा गोल्डकप सेमिफाइनल : मछिन्द्र र एपीएफ भिड्दै

आहा रारा गोल्डकप सेमिफाइनल : मछिन्द्र र एपीएफ भिड्दै
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ५:२५

पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज बुधबार पहिलो सेमिफाइनल खेल हुँदैछ । पोखरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले फाइनलमा मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
मछिन्द्रले साविक विजेता संकटा क्लबलाई ४–१ गोल अन्तरले हराएर एपीएफसँगको भेट पक्का गरेको हो । मछिन्द्र पहिलो पटक सेमिफाइनलमा पुगेको हो । एपीएफले बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *