२०८१ वैशाख २ गते | 14th of April 2024

नेपालका पूर्व क्रिकेट प्रशिक्षक अफ्ताबको निधन

नेपालका पूर्व क्रिकेट प्रशिक्षक अफ्ताबको निधन
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ५:३२

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक अफ्ताब बालोचको निधन भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अफ्ताबको निधन भएको जनाएको हो ।
अफ्ताबको ६८ वर्षको उमेरमा सोमबार निधन भएको हो । अफ्ताब सन् २००१ मा नेपालको प्रशिक्षक रहेका थिए । नेपालले २००१ मा क्यानडामा भएको आईसीसी ट्रफी खेल्दा उनी प्रशिक्षक रहेका थिए ।
तर, क्यानडाले भिसा नदिएपनि उनी क्यानडा जान पाएका थिएनन् । त्यस्तै उनको प्रशिक्षणमा नेपालले बंगलादेशमा एसीसी यू–१७ एसिया कप खेलेको थियो । अफ्ताबले पाकिस्तानका दुई टेस्ट खेलेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *