२०८१ वैशाख २ गते | 14th of April 2024

एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ५:४२

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधवार एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले २५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ५७ दशमलव ६० तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् मंगलवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ३२२ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुधवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले आव २०७६÷७७ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी माघ २१ गते साधारण सभा आयोजना गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *