२०८१ जेठ ११ गते | 25th of May 2024

अफ्रीका कप : मोरक्को अन्तिम आठमा

अफ्रीका कप : मोरक्को अन्तिम आठमा
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ५:४७

मोरक्को अफ्रीका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा मालावीलाई २–१ गोल अन्तरले हराउँदै मोरक्को अन्तिम आठमा पुगेको हो ।
मोरक्कोले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको सातौं मिनेटमा गाबाडिन्हो महांगोले गोल गर्दै मालावीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, पहिलो हाफको इन्जुरी समयमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोलाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७० औं मिनेटमा अच्राफ हाकिमीले गोल गर्दै मोरक्कोलाई २–१ को जित दिलाए । मोरक्कोले क्वाटरफाइनलमा इजिप्ट र आइभरी कोस्टको विजेतासँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *