२०८१ वैशाख ३ गते | 16th of April 2024

लुम्बिनी प्रदेशसभा सदस्य चौधरी सवार गाडी दुर्घटना

लुम्बिनी प्रदेशसभा सदस्य चौधरी सवार गाडी दुर्घटना
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ५:५०

राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन दाङको घोराही जाँदै गरेका लुम्बिनी प्रदेशसभा सदस्य तुलसी प्रसाद चौधरी दुर्घटनामा परेका छन् ।
चौधरी सवार बा २ झ ३४४४ नम्बरको स्कारपियो गाडी दुर्घटना हुँदा उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा क्षेत्र (ख) मा नेकपा (एमाले)बाट निर्वाचित सांसद चौधरी सवार स्कारपियो गाडी कालाकाटे नजिकै सुदूरपश्चिम प्रदेश ०१–००–११ १ ख २५८४ नम्बरको ट्रकसँग ठोक्किएको हो।
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको उक्त गाडीमा एमाले सांसद सुनिता ठटेर, शुद्धोधन गाउँपालिकाका प्रमुख किसुनचन्द्र चौधरी, उपप्रमुख शान्तिदेवी ज्ञवाली समेत रहेका थिए । उनीहरुको अवस्था सामान्य रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *