२०८१ वैशाख ५ गते | 17th of April 2024

‘ह्यारीकी प्यारी’ को सुटिङ शुरू

‘ह्यारीकी प्यारी’ को सुटिङ शुरू
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ६:१२

जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’ को सुटिङ शुरू भएको छ । सोमबार पर्वतको एक मन्दिरमा शुभ मुहुर्त गर्दै फिल्मको छायांकन शुरू गरिएको हो ।
रोमान्टिक कमेडी जनराको उक्त फिल्मको निर्देशन कपिल रिजालले गर्दैछन् । फिल्ममा जितु र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहने छ । जितु र साम्राज्ञीबाहेक विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, डिल्ली खनाललगायतका कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।
लामो समय टेलीशृंखला जिरे खुर्सानीमा अभिनय गरेका जितुले दीपा÷दीपक समूहसँग मिलेर आधा दर्जन फिल्ममा अभिनय गरिसकेका छन् । दीपा÷दीपक समूहसँग अलग्गिएर गर्न लागेको जितुको यो पहिलो फिल्म हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *