२०८१ जेठ ११ गते | 25th of May 2024

विन्टर ओलम्पिक : कृत्रिम हिउँले वातावरणलाई खतरा

विन्टर ओलम्पिक : कृत्रिम हिउँले वातावरणलाई खतरा
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ६:१६

चीनमा आयोजना हुनेविन्टर ओलम्पिक फेब्रुअरी ४ देखि २० सम्म बेईजिङमा सञ्चालन हुदैछ । चीनले पहिलो पटक विन्टर ओलम्पिक आयोजना गर्न लागेको हो ।
बेईजिङ विन्टर ओलम्पिक शतप्रतिशत कृत्रिम हिउँमा निर्भर हुने पहिलो विन्टर ओलम्पिक हुनेछ । तर, विन्टर ओलम्पिकमा प्रयोग हुने कृत्रिम हिउँले वातावरणमा खतरा पुग्ने एक प्रतिवेदनले देखाएको छ ।
इंग्ल्यान्डको लफबरो युनिभर्सिटीको खेलकुद इकोलोजी समूह र सेभ आवर विन्टर्सको प्रतिवेदनले कृत्रिम हिउँबाट हुने वातावरणीय खतराको रूपरेखा प्रस्तुत गरेको छ ।
विन्टर ओलम्पिकका लागि कृत्रिम हिउँ निर्माण गर्न २ सय २२ मिलियन लिटर पानी आवश्यक पर्ने बताईएको छ । कृत्रिम हिउँले खेलाडीका लागि समेत खतरनाक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *