२०८१ वैशाख ५ गते | 17th of April 2024

आक्रमणमा परेका प्रदेश सांसद यादवको हात भाँचियो

आक्रमणमा परेका प्रदेश सांसद यादवको हात भाँचियो
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ७:२०

राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि गइरहेका प्रदेश सभा सदस्यमाथि मधेश प्रदेशमा आक्रमण भएको छ । मधेश प्रदेशका सांसद अशोक यादव सवार गाडीमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बुधबार तोडफोड गरेका थिए ।
निर्वाचनमा मतदान गर्न जाँदै गरेका यादवको गाडीमा जनकपुरस्थित जानकी मन्दिर अगाडि तोडफोड भएको हो । जनमतका कार्यकर्ताको आक्रमणमा परि सांसद यादवको हात भाँचिएको छ ।
त्यस्तै सर्लाहीको हरिवन नगरपालिकाका मेयर दिनेश प्रसाईं सवार गाडी जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेका थिए।
मतदानका लागि जनकपुर पुग्ने क्रममा मेयर प्रसाईं र उपमेयर रेनुका पौडेल चढेको प्रदेश–२–०३००१ झ ००२० नम्बरको गाडीमा उनीहरूले तोडफोड गरेका हुन। त्यसक्रममा मेयर प्रसाईं घाइते भएका छन् ।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको छ । गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ । सीके राउतका कार्यकर्ताले तिरहुतीया गाछीमा गाडी रोकेर तोडफोड गरेका थिए । भाटासहित प्रदर्शनमा उत्रिएका उनीहरूले गाडी रोकेर तोडफोड र गाडीमा सवार रहेकाहरूलाई आक्रमण गरेको बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *