२०८१ जेठ ५ गते | 18th of May 2024

समुद्रमा हराएका दर्जनौँ व्यक्तिको खोजी जारी

समुद्रमा हराएका दर्जनौँ व्यक्तिको खोजी जारी
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ८:११

अमेरिकी तट रक्षक समूहले शनिबार राति फ्लोरिडाको समुद्री तटमा सानो पानीजहाज पल्टिँदा हराइरहेका ३९ जना मानिसको व्यापक खोजिकार्य जारी राखेको छ ।
मंगलवार बिहान फोर्ट पियर्स सहरदेखि करिब ७२ किमि टाढा एउटा सानो पानीजहाजको एक भागमा एकजना व्यक्ति झुन्डिरहेको देखेपछि माझीहरूले सरकारी अधिकारीहरूलाई सूचित गरेका थिए ।
यस दुर्घटनामा जीवित फेला परेकाहरूले आफूहरूले बहमासको बिमिनीबाट जलयात्रा सुरु गरेको र शनिबार राति अचानक मौसम खराब भएपछि दुर्घटना भएको बताएका छन् ।
अमेरिकी सुरक्षा अधिकारीहरूले यो जहाज मानव तस्करीका लागि प्रयोग भइरहेको हुनुपर्ने आशंका व्यक्त गरेका छन् । जीवित फेला परेकाहरूमध्ये कसैले पनि लाइफ ज्याकेट नलगाएको र उनीहरूको पहिचान पनि नखुलेको बताइएको छ ।
मायामी तटरक्षक निकायले जहाज र विमानहरू प्रयोग गरी बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको छ ।
बीबीसीबाट

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *