२०८१ वैशाख ३ गते | 16th of April 2024

नेपालमा १ लाख ९१ हजार बढी विद्युतीय सग्रेट आयात

नेपालमा १ लाख ९१ हजार बढी विद्युतीय सग्रेट आयात
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ८:२४

नेपालमा विलासिता वस्तुको प्रयोग बढ्दै गएको देखिएको छ । पछिल्लो समय नेपालमा विद्युतीय सिग्रेटको आयात समेत बढ्दै गएको छ । विलासिताको वस्तुका रूपमा चिनिने इ–सिग्रेट पछिल्ला ६ महिनाको अवधिमा इलेक्ट्रनिक सिग्रेटको आयात १ लाख ९१ हजार भन्दा बढी आयात भएका छन् ।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा १ लाख ९१ हजार १ सय १५ थान इलेक्ट्रोनिक सिग्रेट आयात भएको देखिएको छ । यसबापत ६९ लाख ४५ हजार भन्दाबढी रकम बाहिरिएको छ ।
यसमा सबैभन्दा बढी चीनबाट आयात भएका छन् । चीनबाट मात्रै १ लाख ५४ हजार इ–सिग्रेट भित्रिएका छन् । त्यस्तै दोस्रो धेरै आयात हङकङबाट भएको देखिन्छ । ३४ हजार ५ सय ७३ थान हङकङबाट भित्रिएका छन् ।
विशेषगरी युवावर्गमाझ लोकप्रिय रहेको इ–सिग्रेट बोकेर हिँडन तथा बिना लाइटर प्रयोग गर्न सकिने हुँदा पनि युवाहरूले यसको प्रयोग गर्न थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *