२०८१ जेठ ११ गते | 25th of May 2024

पहिरोमा पुरिएर एक जनाको ज्यान गयो, एक जना घाइते

पहिरोमा पुरिएर एक जनाको ज्यान गयो, एक जना घाइते
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ८:३३

रसुवाको आमाछोदिङ्मो गाउँपालिका ५ गोङगाङमा आज बुधवार बिहान सुक्खा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर अर्का एक जना घाइते भएका छन् ।
पहिरोमा पुरिएर ज्यान गुमाउनेमा गोसाईँकुण्ड गाउँपालिका ६ ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन् । घाइते हुनेमा गोङगाङका कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेलाई हेलिकप्टरमार्फत काठमाण्डौ लैजाने तयारी गरिएको छ । मौसम खराब भएका कारण हेलिकप्टर आउन सकेको छैन । उनीहरू दुवै जना सडकमा ग्याबिन पर्खाल लगाउने काम गरिरहेका वडाध्यक्ष टासी छोवाङ तामाङले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *