२०८१ साउन ८ गते | 23rd of July 2024

रुसले आक्रमण गर्न लागेको भन्दै युक्रेनकी महिलाले बोकिन् विशाल राइफल

रुसले आक्रमण गर्न लागेको भन्दै युक्रेनकी महिलाले बोकिन् विशाल राइफल
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ९:१८

युक्रेनमा तीन सन्तानकी आमाले विशाल राइफल बोकेर तस्वीर खिचाएकी छन् । रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै उनीजस्तै हजारौं युक्रेनीहरू युद्धको तयारीमा बसेका छन् ।
मारियाना झाग्लो नामक ती महिला सैनिक हैनन् । मार्केटिङ अनुसन्धानकर्ता झाग्लो देशको रक्षाका लागि जुनसुकै कदम पनि चाल्न तयार छिन् ।
‘मेरा सन्तानले युक्रेनको समस्या विरासतमा नबेहोरून् र अहिलेको जोखिम उनीहरूले पनि भोग्न नपरोस् भन्नेमा म सचेत छु । यस समस्यालाई अहिले नै डील गर्नु राम्रो हुन्छ,’ मारियानाले बताइन् ।
‘परेमा हामी किएभका लागि लड्नेछौं । हाम्रो शहरको सुरक्षाका लागि हामी लड्नेछौं । गोली चलाउनुपर्ने भयो भने म गोली पनि चलाउनेछु,’ ज्ब्रोयार जेड–१५ राइफल देखाउँदै उनले बताइन् ।
यो शिकार खेल्ने राइफल भए पनि आफूलाई शिकारको इच्छा नलागेको उनको भनाइ छ । ‘मैले जिन्दगीमा कहिले पनि शिकार गरेको छैन । केही सैनिकहरूले यो सर्वोत्कृष्ट राइफल हो भनेकाले मैले यो किनेकी हुँ,’ मारियानाले बताइन् ।
उनी र हजारौं अन्य युक्रेनीहरू सेनाको स्वयंसेवक दस्ता टेरिटोरिल डिफेन्स फोर्सेसमा हालै जोडिएका हुन् । रुससँगको सीमामा तनाव बढेपछि उक्त दस्ताका सदस्यहरूको संख्या बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights