२०८१ जेठ ११ गते | 25th of May 2024

नेपाल सुपर लिगको दोस्रो संस्करण चैत्र २६ बाट पोखरा र काठमाडौंमा हुने

नेपाल सुपर लिगको दोस्रो संस्करण चैत्र २६ बाट पोखरा र काठमाडौंमा हुने
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ९:२६

नेपालमा आयोजना भइरहेको फ्रेन्चाइजी लिग नेपाल सुपर लिगको दोस्रो संस्करण नौं अप्रिल देखि २१ मे सम्म हुने भएको छ । पहिलो संस्करणको नेपाल सुपर लिगले राम्रो सफलता पाएको एनएसएलले दोस्रो संस्करणमा अझ भब्य रुपमा प्रतियोगिता गर्ने जनाएको छ ।
जसका कारण प्रतियोगिता चैत २६ बाट सुरु भएर बैशाख आठ गते सम्पन्न हुनेछ । १३ दिनसम्म चल्ने प्रतियोगिताका लागि आयोजकले आन्तरीक तयारी गरिरहेका छन ।
नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगिता यो पटक दुई वटा शहरमा हुने भएको छ । जसमा तीन नयाँ टिम थपिएका छन । यो पटकको लिग पोखरा र काठमाडौंमा हुने भएको छ ।
यस्तै यो पटकको एनएसएलमा कुल १० टिमको सहभागिता हुने भएको छ । जसका लागि आयोजकले फेब्रेवरीको सुरुवातमा नयाँ तीन टिमको अक्सन गर्ने भएको छ ।
पहिलो संस्करणको एनएसएल आयोजना हुँदा कोभिडका कारण बन्द रंगशालामा गरिएको थियो । तर यो पटक दर्शकसहितको प्रतियोगिता गर्ने योजना आयोजकको छ ।
पहिलो संस्करणको एनएसएलमा सात टिमको सहभागिता रहेको थियो । जसमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी थिए । जसमा धनगढी र काठमाडौं रेजर्सले फाइनल खेलेका थिए । जसमा काठमाडौंले एक शुन्यको जित निकाल्दै उपाधि जितेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *