२०८१ वैशाख २ गते | 14th of April 2024

कोभ्याक्स अन्तर्गत १३ लाख खोप नेपाल आयो

कोभ्याक्स अन्तर्गत १३ लाख खोप नेपाल आयो
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते १०:१९

कोभ्याक्स सुविधा अन्तरगत फ्रान्स र इटालीले नेपाललाई उपलब्ध गराएको १३ लाख कोरोना विरुद्धको खोप नेपाल आइपुगेको छ । फ्रान्स सरकारले बुधबार नेपाललाई एस्ट्राजेनेकाको ६ लाख ८५ हजार ४ सय डोज खोप पठाएको हो ।
फ्रान्सले सुरक्षित र प्रभावकारी खोपहरुमा विश्वव्यापी समानुपातिक पहुँचलाई गति दिनका लागि कोभिड १९ खोप साझेदारीलाई आफ्नो प्राथमिकताहरु मध्ये एक बनाएको छ ।
फ्रान्सले बहुपक्षीय प्लेटफर्महरु मार्फत काम गर्ने र २०२२ को मध्यसम्ममा विश्वभर कुल ७० करोड खोप दान गर्ने वाचा गरेको युरोपको प्रयासको हिस्सा बन्ने लक्ष्य लिएको छ ।
गत अप्रिलमा फ्रान्स कोभ्याक्स सुविधा मार्फत खोपहरु बाँड्ने पहिलो देश थियो । कोभ्याक्सलाई फ्रान्सले २ सय मिलियन यूरो सम्मको सहयोग गर्ने प्रतिबद्धता लिएको छ ।
त्यसपछि २०२२ को मध्यसम्म थप १२० मिलियन डोजहरु दान गर्ने प्रतिबद्धता जनाएकोमा आजसम्म फ्रान्सले ७५ मिलियन भन्दा बढी डोजहरु दान गरिसकेको छ । यीमध्ये ४७.४ मिलियन डोजहरु सम्बन्धित देशहरुमा पु¥याइएको छ ।
महामारीको संयन्त्र निर्माण गर्न र कोभ्याक्स सुविधामा प्रमुख योगदान गरेमध्ये एक इटालीले कोभ्याक्स सुविधाका लागि एस्ट्राजेनेकाको थप ६ लाख ६३ हजार ६ डोज दान गरेको छ ।
खोप बुझ्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरोध खतिवडाले आवश्यकताको यो घडीमा फ्रान्स र इटालीले १३ लाख खोप सहयोग गरेकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद दिएका छन् । उनले भने, ‘नेपाल र युरोपेली संघका सदस्य राष्ट्रहरूबीच रहेको मित्रताको यो एउटा उदाहरण हो । सारा विश्व नै कोभिड संकटसँग जुधिरहेको अवस्थामा सामूहिक प्रयास मात्र समाधान हो । सँगै हामी सबै विजयी हुनेछौं।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *