२०८१ वैशाख २ गते | 14th of April 2024

अल्लु अर्जुनको ‘पुष्पा २’ २०२३ मा प्रदर्शन हुने

अल्लु अर्जुनको ‘पुष्पा २’ २०२३ मा प्रदर्शन हुने
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते १०:४२

दक्षिण भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पाः द राईज’को दोस्रो भाग ‘पुष्पा २’ २०२३ मा प्रदर्शन हुनसक्ने यसका निर्माणपक्षले जनाएका छन् ।
फिल्मका निर्माता मनीष शाहले हालसालै दिएको एक अन्तर्वार्तामा फिल्मको दोस्रो भाग २०२३ मा प्रदर्शन गर्ने तयारी रहेको बताएका छन् ।
गत वर्ष डिसेम्बरमा प्रदर्शनमा आएको ‘पुष्पाः द राइज’ महामारीपछि धेरै आम्दानी गर्ने सिमित फिल्महरुमध्येको एक थियो । कुल २ सय ५० करोडको बजेटमा बनाएको फिल्मले ३ सय ४२ करोड रुपैयाँ सिनेमा हलमा भएको प्रदर्शनबाटै आम्दानी गरेको थियो । सँगै ओटिटी माध्यमसँगको सम्झौतामार्फत फिल्मले करोडौंको आम्दानी गरेको थियो ।
अल्लु अर्जुन पुष्पाको भूमिकामा रहेको यो फिल्ममा उनी रक्तचन्दन तस्करी गर्ने पात्रको भूमिकामा थिए । पहिलो भागमा गाउँको सामान्य मजदुरी गर्ने पुष्पा रक्तचन्दन तस्करीको नामी पात्र बन्दासम्मको कथा देखाइएको छ । फिल्मको दोस्रो भागमा यसपछिको कथा प्रस्तुत हुनेछ ।
फिल्मको दोस्रो भागको प्रदर्शनको विषयलाई लिएर निर्माता मनिष शाहले बताएअनुसार यहि वर्षको मार्च वा अप्रिलमा फिल्मको छायांकन सुरु हुनेछ । जसअनुसार करिब २५० दिनको छायांकनपछि फिल्मलाई २०२३ मा प्रदर्शन गर्ने तयारी रहेको छ । पुष्पाको पहिलो भाग ‘पुष्पाः द राइज’को छायांकन २१० दिनसम्म चलेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *