२०८१ वैशाख ५ गते | 17th of April 2024

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते १०:४८

लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन् ।
उनीहरुले एमालेको रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन् ।
बुधबार विहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । मतदानमा प्रदेशसभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *