२०८१ जेठ ११ गते | 25th of May 2024

७ दिनसम्म औषधि व्यवस्था विभाग अगाडि निःशुल्क सिटामोल वितरण गरिने

७ दिनसम्म औषधि व्यवस्था विभाग अगाडि निःशुल्क सिटामोल वितरण गरिने
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ११:०६

औषधि व्यवस्था विभाग बिजुलीबजार अगाडि निःशुल्क सिटामोल तथा मास्क वितरण अभियान सुरु भएको छ । औषधि आयातकर्ता तथा वितरक आयान हेल्थकेयरले निःशुल्क सिटामोल वितरण अभियान सुरु गरेको हो ।
चिकित्सकसहितको वितरण टोलीले नागरिकको स्वास्थ्य परीक्षण गरेर तथा घरमा सिटामोल चाहिने बिरामी भएको बताएमा एक पत्ताका दरले सिटामोल दिइने छ ।
अभियानको पहिलो दिन आज ५४० जनालाई सिटामोल वितरण गरिएको आयान हेल्थकेयरका सञ्चालक अबुल हुसेन अन्सारीले जानकारी दिए ।
आगामी सात दिनसम्म पनि सिटामोल सहज उपलब्ध नभए अबको सात दिनपछि सातै प्रदेशमा निःशुल्क वितरण सुरु गरिने अन्सारीले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *