२०८१ वैशाख ३ गते | 16th of April 2024

यी हुन्, कोलेस्ट्रोल कम गर्ने ७ खानेकुरा

यी हुन्, कोलेस्ट्रोल कम गर्ने ७ खानेकुरा
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ११:१९

हामीमध्ये धेरैले हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रणमा राख्ने प्रयास गर्छौं । उचित आहारले निश्चित रूपमा यस्तो चीजमा मद्दत गर्न सक्छ । यस सन्दर्भमा एक राम्रो विचार भनेको स्वस्थ आहारको लागि छनोट गर्नु हो जसमा बोसो भएका चिल्लो पदार्थ कम मात्रामा सेवन गर्नु पनि हो । यी खानेकुराहरू आफ्नो दैनिक आहारमा समावेश गर्ने गर्नुहोस् जसले कोलेस्ट्रोल कम गर्नेछ ।
१) तरकारी तथा फलफूल
—फलफूल र तरकारी दुबैमा कम मात्रामा संतृप्त बोसो हुन्छ त्यसैले यी कुराहरु धेरै खाँदा तपाईंलाई कोलेस्ट्रोल स्तर कम कायम राख्न मद्दत गर्दछ । दैनिक आहारमा कम्तिमा दाल, मटर वा सिमी समावेश गर्नु राम्रो हो किनभने यो तपाईंको स्वास्थ्यको लागि धेरै लाभदायक हुन सक्छ । स्ट्रबेरी साथै स्याउ, ब्रोकाउली लगायतले पनि स्वास्थ्यमा फाइदा पु¥याउँछ ।
२) नट्स
—नट्समा भिटामिन ई, म्याग्नेसियम तथा पोटासियमले भरिएको हुन्छ जुन तपाईंको मुटुको लागि निकै नै फाइदाजनक छ । प्रति दिन मात्र ३५ ग्राम नट्स प्रयोग गरेमा तपाईं आफ्नो कोलेस्ट्रोलको मात्रा लगभग ५% ले कम गर्न सक्नुहुनेछ ।
३) सोया
—कोलेस्ट्रोलको मात्रा कम गर्नका लागि यो एकदमै फलदायी छ किनभने सोयामा विशेष प्रोटिनहरू हुन्छन् जसले खराब कोलेस्ट्रोल विरुद्धको लडाइँलाई बढावा दिन्छ । अनुसन्धानका अनुसार तपाईले प्रत्येक दिन १५ ग्राम सोया प्रोटिन थपेर आफ्नो कोलेस्ट्रोललाई ६ प्रतिशतसम्म कम गर्न सक्नुहुन्छ ।
४) जौ र ओट्स
—यी दुवै बिटा ग्लुकनले भरिएको हुन्छ जुन घुलनशील फाइबर हो । तपाईंले यो खाइसकेपछि यसले एक जेल बनाउँछ जसले कोलेस्ट्रोललाई आन्द्रामा बाँध्छ र शरीरमा घुल्न दिँदैन ।तपाईंले दैनिक रूपमा कम्तिमा ३ ग्राम बिटा ग्लुकन सेवन गर्नुपर्छ।
५) एभोकाडो
—एभोकाडोले महत्वपूर्ण पोषक तत्वहरू प्रदान गर्दछ । आहारको रुपमा प्रयोग गर्दा यसले तपाईको एलडीएल लेभल सुधार्न सक्छ ।
६) सिमी
— सिमीको बारेमा विशेष कुरा यो हो कि तिनीहरू घुलनशील फाइबरले भरिएका हुन्छन् । यसबाहेक, सीमीलाई पचाउन धेरै समय लाग्छ त्यसैले तपाईंले यसलाई खाएपछि सधैं पेट भरिएको महसुस गर्नुहुनेछ ।
७) माछा
—हप्तामा २–३ पटक माछा खाने प्रयास गर्नुहोस् । यसले तपाईंको शरीरमा कोलेस्ट्रोल मात्रा धेरै कम गर्न मद्दत गर्दछ । यसले मासुलाई प्रतिस्थापन गर्छ, तर यसले ओमेगा–३ फ्याटको मद्दतले कोलेस्ट्रोलको मात्रा घटाउन पनि सक्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *