२०८१ जेठ ५ गते | 18th of May 2024

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा अन्तरघात, एमाले उम्मेदवार विजयी

राष्ट्रिय सभा निर्वाचन  : प्रदेश १ मा अन्तरघात, एमाले उम्मेदवार विजयी
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ११:३७

राष्ट्रिय सभा निर्वाचन अन्तरगत प्रदेश नम्बर १ मा गठबन्धन उम्मेदवार पराजित भएका छन् । गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईलाई हराउँदै एमाले उम्मेदवार सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन् ।
गठबन्धनकै उम्मेदवारको अन्तर्घातका कारण राईले पराजय बेहोर्नुपरेको बताइएको छ । राई जसपाको तर्फबाट गठबन्धनका उम्मेदवार थिए ।
शेर्पाले ४ हजार ७५२ मतभार पाए भने राईले ४ हजार ३६८ मतभार पाए । अर्को सिटमा नेकपा एकीकृत समाजवादीकी जयन्ती राईले जितेकी छन् । उनी भने गठबन्धनकै उम्मेदवार हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *