२०८१ जेठ ११ गते | 25th of May 2024

सिटसिपास अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

सिटसिपास अस्ट्रेलियन ओपनको सेमिफाइनलमा
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ११:४७

ग्रिसका स्टेफानो सिटसिपास अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । मेलबर्नमा जारी यो ग्रान्डस्लामको अन्तिम चारमा स्थान सुरक्षित गर्न सिटसिपासले बुधबार यानिक सिनरलाई ६–३, ६–४, ६–२ ले पराजित गरे ।
फाइनल पुग्न सिटसिपासले अब डानिल मेदभेदेब र फेलिक्स अगर एलियासिमबीचको विजेताको सामना गर्नेछन् ।
विश्व टेनिस वरीयताको चौथो स्थानमा रहेका सिटसिपास अस्ट्रेलियन ओपनमा तेस्रो पटक अन्तिम चारमा पुगेको यो तेस्रो अवसर हो ।
उनले गत वर्ष फ्रेन्च ओपनमा फाइनलसम्मको यात्रा तय गरेका थिए । जहाँ उनलाई नोभाक जोकोभिचले हराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *