२०८१ वैशाख ३ गते | 16th of April 2024

हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर

हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर
Sanchar_np प्रकाशित: २०७८ माघ १३ गते ५:०६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल प्रहरीमा जागिर खान शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको प्रमाणित भएपछि अख्तियारले खड्काविरुद्ध मुद्दा दायर गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महिला विभाग प्रमुख रहेका खड्काले प्रहरी सहायक निरीक्षक पदमा नियुक्त हुँदा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको अख्तियारले जनाएको छ ।
नक्कली प्रमाणपत्र देखाएर नेपाल सरकारलाई हानिनोक्सानी पु¥याई आफू समेतलाई लाभ हुने बदनियत राखेको कसुरमा उनी दोषी ठहर भएकाले बुधबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेपाली राष्ट्रिय टिमका लागि सर्वाधिक १३ गोलकर्ता खड्का नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्व प्रशिक्षक समेत हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *