२०८१ वैशाख ३ गते | 16th of April 2024

काठमाडौँको शंखरापुरमा घरभित्रै निस्सासिएर दम्पत्तीको मृत्यु

काठमाडौँको शंखरापुरमा घरभित्रै निस्सासिएर दम्पत्तीको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ माघ १३ गते ५:१०

काठमाडौँको शंखरापुर नगरपालिका–३ बोझेनीमा घरभित्रै निस्सासिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षीया फुलमाया थिङ रहेको महानगरीय प्रहरी प्रभाग साँखुले जनाएको छ ।
गएराति आफ्नै घरमा आगो बालेर सुतेका उनीहरू बिहान मृत भेटिएको महानगरीय प्रहरी प्रभाग साँखुकी प्रहरी प्रमुख इन्सपेक्टर जानुका खरेलले जानकारी दिइन् ।
उनका अनुसार अहिले प्रहरी घटनास्थल पुगेको छ । थिङ दम्पत्तीका छोरा सुनिल भने सकुसल छन् । बुवा–आमा अचेत अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *