२०८१ जेठ ११ गते | 25th of May 2024

आहा रारा गोल्डकप : मनाङ र आर्मी भिड्दै

आहा रारा गोल्डकप : मनाङ र आर्मी भिड्दै
Sanchar_np प्रकाशित: २०७८ माघ १३ गते ५:१३

पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज बिहीबार दोस्रो सेमिफाइनल खेल हुँदैछ । पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । मनाङले नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराएर अन्तिम चारमा स्थान बनाएको हो ।
यस्तै आर्मीले थ्री स्टार क्लबको चुनौती १–० ले पन्छाएर मनाङसँगको भेट पक्का गरेको हो ।यस खेलको विजेताले फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ । फाइनल शनिबार हुनेछ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *