२०८१ वैशाख ३ गते | 16th of April 2024

मृत भेटिए मन्त्रीका पिएसओ प्रहरी हवल्दार

मृत भेटिए मन्त्रीका पिएसओ प्रहरी हवल्दार
Sanchar_np प्रकाशित: २०७८ माघ १३ गते ५:३१

सुदूरपश्चिम प्रदेशकी आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पिएसओ मृत फेला परेका छन् । प्रहरी हवल्दार रमेशदत्त जोशी बिहीबार आफ्नै कोठामा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले जोशी धनगढी उपमहानगरपालिका–३ स्थित घरमा मृत फेला परेको जनाएको छ । प्रहरीका अनुसार, उनी घरमा एक्लै थिए । हिटर बालेर सुतेकाले त्यसकै कारण उनको मृत्यु भएको आशंका छ । तर यकिन भइसकेको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *