२०८१ जेठ ५ गते | 18th of May 2024

आज तीन प्रदेशमा वर्षाको सम्भावना

आज तीन प्रदेशमा वर्षाको सम्भावना
Sanchar_np प्रकाशित: २०७८ माघ १३ गते ५:४५

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली र तराईमा हुस्सु छ ।
दिउँसो प्रदेश १, बागमती तथा गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको आँकलन छ ।
शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *