२०८१ जेठ ५ गते | 18th of May 2024

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
Sanchar_np प्रकाशित: २०७८ माघ १३ गते ५:५९

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार छापावाल सुन प्रतितोला रु ९०० ले घटेर रु ९३ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो ।
महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार रहेको छ। जसको मूल्य बुधबार प्रतितोला रु ९३ हजार ९०० थियो ।
त्यस्तै आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१५ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *