२०८१ जेठ ११ गते | 25th of May 2024

सिटिजन्स बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

सिटिजन्स बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?
Sanchar_np प्रकाशित: २०७८ माघ १३ गते ६:०३

सिटिजन्स बैंक लिमिटेडले ३० हजार कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको छ । उक्त सेयरको न्यूनतम मूल्य एक सय ४३ रूपैयाँ तोकिएको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, नारायणहिटी पथ, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।
त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *