२०८१ जेठ ११ गते | 25th of May 2024

आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ
Sanchar_np प्रकाशित: २०७८ माघ १३ गते १०:०८

मोरङमा आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ८० वर्षीय दलबहादुर खत्रीको कुटपिट गरी हत्या गरेको आरोपमा बेलबारी नगरपालिका–९, डाँगाबजार बस्ने ३५ वर्षीय जयबहादुर खत्रीलाई गए राति प्रहरीले पक्राउ गरेको हो ।
मादकपदार्थ सेवन गरेका जयबहादुरले घरायसी विषयमा वादविवाद हुँदा आफ्नै बुवालाई कुटपिट गर्दा मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अस्थायी प्रहरीचौकी डाँगाबजार र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *