२०८१ वैशाख ३ गते | 16th of April 2024

युनिमोनी कतारबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स् सेवा शुरू

युनिमोनी कतारबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स् सेवा शुरू
Sanchar_np प्रकाशित: २०७८ माघ १३ गते १२:१३

ईसेवा मनी ट्रान्सफर र कतार स्थित मनी ट्रान्सफर र युनिमोनीवीच रेमिट्यान्स् सम्झौता भएको छ ।
यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनीको कतारमा रहेका ९ ओटा शाखाहरुमा गइ ईसेवा मनी ट्रान्सफरको माध्यम हुँदै नेपाल पैसा पठाउन सक्ने छन् ।
युनिमोनीका शाखाबाट पैसा सिधै नेपालका ६० भन्दा धेरै बैंकका खातामा तथा इवा वालेटमा तत्काल रकम पठाउन सकिनेछ ।
त्यस्तै, युनिमोनी हुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स् नेपालभरी रहेका इवा मनी ट्रान्सफरका दश हजारभन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिनेछ । साथै, पठाएको नगद रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगइ सोझै ईसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु. ७७ बोनस समेत प्राप्त गर्न सकिनेछ ।
यस सम्झौताबारे इसेवा मनी ट्रान्सफरका सि.इ.ओ, अजेस कोइरालाले भन्नुभयो,‘इसेवा मनी ट्रान्सफर र युनिमोनीबीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहजता प्रदान गरेको छ, यसले कतारमा रहेका नेपाली कामदारलाई नेपाल पैसा पठाउन एउटा प्रभावकारी माध्यम थपिएको छ’।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *