२०८१ वैशाख ५ गते | 17th of April 2024

महिला र पुरुष गरी १० खेलाडी क्यानको ग्रेड ‘ए’ मा

महिला र पुरुष गरी १० खेलाडी क्यानको ग्रेड ‘ए’ मा
Sanchar_np प्रकाशित: २०७८ माघ १४ गते ५:०३

नेपाल क्रिकेट संघ (क्यान)ले महिला र पुरुष गरी १० खेलाडीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा ग्रेड ‘ए’ मा अनुबन्धन गरेको छ ।
क्यानको बिहीबार सम्पन्न बैठकको निर्णय अनुसार ग्रेड ‘ए’ मा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व उपकप्तान दिपेन्द्र सिंह ऐरीसहित कप्तान सन्दीप लामिछाने, सोमपाल कामी र करण केसी रहेका छन् ।
ग्रेड ‘बी’ तर्फ कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ शेख, अविनाश बोहरा र विनोद भण्डारी रहेका छन् ।
त्यसैगरी ग्रेड ‘सी’ तर्फ कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरि, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ रहेका छन् ।
महिलातर्फ भने ग्रेड ‘ए’ मा कप्तान रुविना छेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी रहेका छन ।
ग्रेड ‘बी’ तर्फ सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे रहेका छन् ।
त्यसैगरी ग्रेड ‘सी’ मा डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र विन्दु रावल रहेका छन् ।
क्यानले ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा नराख्ने यस अघिको निर्णय फिर्ता लिएको छ ।
यस अघि कारवाही गर्दै चारैजनालाई २०२२ को सुरुको ६ महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरिएको थियो । ्
त्यसैगरी ओमानमा भ्रमणमा रहेका तर अनुबन्धनमा नरहेका खेलाडीहरू विक्रम सोव, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्ता स्वरूप जनही १ लाख दिने निर्णय गरेको छ ।
त्यसैगरी महिला खेलाडी ज्योति पाण्डेलाई ५० हजार प्रदान गर्ने निर्णय गरेको छ ।
क्रिकेट खेलाडी ललित नारायण राजवंशीको उपचार खर्चको लागि १ लाख ५० हजार सहयोग गर्ने निर्णय समेत गरेको छ ।
थप निर्णयहरु :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *