२०८१ वैशाख ३ गते | 16th of April 2024

अभिनेत्री मौनीले ब्यापारीसँग गरिन् विवाह

अभिनेत्री मौनीले ब्यापारीसँग गरिन् विवाह
Sanchar_np प्रकाशित: २०७८ माघ १४ गते ५:१९

नागिनको रुपमा परिचित भारतीय टिभी एक्ट्रेस तथा बलिउड अभिनेत्री मौनी राय बिहिबार दाम्पत्य सम्बन्धमा बाँधिएकी छिन् । अरु नायिका जस्तो नायकसँग नभएर यी नायिका व्यापारीसँग दाम्पत्य सम्बन्धमा बाँधिएकी हुन् ।
केही समयदेखि अभिनेत्री मौनी दुवईका व्यापारी सुरज नाँबियारसँग प्रेम सम्बन्धमा थिईन् । उनै ब्वाईफ्रेन्ड मार्फत उनले व्यबसायमा पनि आफ्नो लगानी सुरु गरेकी थिईन् ।
तिनै उद्योगी तथा व्यबसायी सुरजसँग अभिनेत्री मौनी यतीबेला दाम्पत्य सम्बन्धमा बाँधिएकी हुन् । उनीहरुले हिन्दु परम्पार अनुसार विवाह गरेका छन् ।
अभिनेत्री मौनीले विवाहमा धेरै सिनेकर्मीलाई भने सहभागी गराएकी छैनन् । आफ्ना केही नजिकका सिनेकर्मीलाई उनले बोलाईन् ।
यी अभिनेत्रीका अनुसार उनीहरुले मुम्बईमा विवाहको भव्य रिसेप्सन पार्टी राख्दैछन् । सो पार्टीका लागि सलमान खान, रणबीर कपुरदेखि धेरै अभिनेता अभिनेत्रीलाई उनले निम्ता पठाईसकेकी छिन् । मौनीको विवाहको रिसेप्सनमा बलिउड स्टारहरुको जमघट हुने भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *