२०८१ जेठ ५ गते | 18th of May 2024

फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गर्न सक्छ : बाइडन

फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गर्न सक्छ : बाइडन
Sanchar_np प्रकाशित: २०७८ माघ १४ गते ५:३२

अमेरिकी राष्ट्रपति जो बाइडनले फेब्रुअरीमा रुसले युक्रेनमाथि हमला गर्न सक्ने बताएका छन् । अमेरिकी राष्ट्रपति बाइडनले युक्रेनका राष्ट्रपतिलाई यस्तो सन्देश पठाएको ह्वाइट हाउसलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यममा समाचार छ ।
राष्ट्रपति बाइडनका अनुसार, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरीमा युक्रेनको भूभागमा आक्रमण गर्न आफ्ना सैनिकलाई अनुमति दिने छन् ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एमिली होर्नले बाइडनले फेब्रुअरी महिनामा रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएको बताए ।
रुस र युक्रेनबीच तनाव बढिरहेका बेला अमेरिकाले सुरक्षा परिषद्को वैठकमा युक्रेनको विषयबारे छलफल गर्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *