२०८१ वैशाख ३ गते | 16th of April 2024

इरान विश्वकपमा छनोट

इरान विश्वकपमा छनोट
Sanchar_np प्रकाशित: २०७८ माघ १४ गते ६:३८

इरानले कतारमा यसै वर्ष हुने फिफा फुटबल विश्वकपका लागि स्थान पक्का गरेको छ । चिरप्रतिद्धन्दी इराकलाई १–० ले पराजित गर्दै इरानले विश्वकपमा स्थान पक्का गरेको हो ।
इरान एसियाली मुलुकबाट २०२२ को विश्वकपमा स्थान सुरक्षित गर्ने पहिलो देश बनेको छ । इरानको जितमा मेधी तारेमीको एकमात्र गोल पर्याप्त रह्यो ।
तारेमीले ४८ औं मिनेटमा इरानका लागि निर्णायक गोल गरे । इरानले समूह ‘ए’ मा सात खेलबाट १९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *